कोरोना बीमाको रकम भुक्तानी गर्न सेडुल बनेको छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको रकम भुक्तानीका लागि सेडुल तयार भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा मन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा समिति र बीमा कम्पनीमा छलफल भएको र उक्त छलफलपछि सेडुल बनेको जानकारी गराए ।

दुवै पक्षसँगको छलफलले कोरोना बीमाको रकम भुक्तानीको व्यवस्था गरेको बताए ।


क्लिकमान्डु