एलएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अधिकारी



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कबिराज अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको जेठ ३१ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव मनोजराज श्रेष्ठका अनुसार अधिकारी आगामी ४ वर्षका लागि सो पदमा नियुक्त भएका हुन् ।

कम्पनी ऐन २०६३ को दफा ३ को उपदफा ३ बमोजिम बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दाफा ३ बमोजिम जेठ ३१ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु