सूर्या लाइफको बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेशमा प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ ।

कार्यक्रममा २०२३ को एमडिआरटीलाई सम्मान, चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफनो व्यक्तिगतकोडमा अधिकतम बिमाशुल्क हसिल गरेका २५ जना अभिकर्तालाई सम्मान गरिएको छ ।

देशैभरीबाट बैशाखसम्मको स्किममा परेका अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना विजेता घोषणा गरिएको छ । लक्की ड्रमा भैरहवा शाखाकी शोभा जिसिले प्रथम पुरस्कार स्वरुप ल्यापटप, दमक शाखाकी नितु गौतमले द्वितिय पुरस्कार स्वरुप ट्याब्लेट र वालिङ शाखाका रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार स्वरुप मोबाइल पाएका छन् ।

कार्यक्रममा विजेता लगायतलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गरेका छन् । सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको पहिलो पोलिसी यादगार रहोस भन्ने अपेक्षासहित नयाँ अभिकर्तालाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता आवश्यकता रहेको बताए ।
यस्तै बागमती प्रदेशका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तलिम दिए ।


क्लिकमान्डु