नेपाल इन्स्योरेन्सको अध्यक्षमा शर्मा



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अर्जुन पौडेल शर्मा नियुक्त भएका छन् ।

कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका कम्पनी सचिव चन्द्रनाथ उप्रेदीले शर्मालाई अध्यक्ष पदमा सर्वसम्मतीबाट चयन गरिएको जानकारी दिए ।

यस्तै, कम्पनीको सञ्चालकहरूमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । संस्थापक शेयरधनी समूह र सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक चयन भएको कम्पनीले जनाएको छ ।

संस्थापक शेयरधनी समूहतर्फ चन्द्रसिंह साउद र विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनी समूहतर्फ सबिता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मा चयन भएका हुन् ।


क्लिकमान्डु