लाइसेन्समा वर्ग थपका लागि आवेदन खुल्ला



काठमाडौं । यातायात व्यवस्था विभागले लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा वर्ग थपका लागि आजदेखि आवेदन खुल्ला गरेको छ ।

विभागले एक सुचना जारी गर्दै लाइसेन्सको वर्ग थपको लागि सोमबार राति ९ बजेदेखि नयाँ फारम खुलाइएको जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा ननयाँ सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाएको सोमबार राति ९ बजेदेखि वर्ग थपको लागिसेमत आवेदन खुलाइएको हुँदा फारम भर्न सक्नेछ,’ जारी सूचनामा उल्लेख छ ।


क्लिकमान्डु