मर्जरको प्रस्ताव पारित गर्न सानिमा जनरलले बोलायो विशेष साधारणसभा



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले मर्जरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको उक्त सभा असार १५ गते धुम्रबराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बराहीमा बस्ने भएको हो । सभा १० बजेपछि शुरू हुने कम्पनीले जनाएको छ ।

उक्त सभाले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्ने भएको छ । साथै, सभाले मर्जरसम्बन्धी अन्य सम्पूर्ण प्रक्रिया पारित गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार ८ गते एकदिन बुक क्लोज निर्णय कम्पनीले गरेको छ ।

जसअनुसार असार ७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु