भैरहवाको पद्सारीमा टाटा मोटर्स कार शोरुम



भैरहवा । भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो महत्वपूर्ण शोरुम भैरहवाको पद्सारीे स्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्स प्रालिको उदघाटनबाट शुरु गरेको छ ।

टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको भैरहवामा उद्घाटनबाट शुरु गरेको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्घताअनुुसार आफ्नोे सजांल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको जानकारी प्राप्त भएको छ ।

टाटा मोटर्स शोरुम कम्पनीको डिलरशिप मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ र ग्राहकहरूलाई सुविधाजनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित छ । टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिप कर्मचारीहरूलाई तालिम दिइएको छ र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिनेछ ।

विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र एम्रल्ड मोटर्सका अध्यक्ष योगेश घिमिरेले गरे ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।

सिप्रदीका अन्य सेवा सुबिधाका साथै कुनै सुझाब भएमा टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा पनि सम्पर्क गर्न सकिनेछ ।


क्लिकमान्डु