१६५ निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि ७ अर्ब बजेट, कुन आयोजनाका लागि कति ?



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० मा लागि १६५ निर्वाचन क्षेत्रका रणनैतिक सडक आयोजनाका लागि करिब ७ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आवको बजेटमा कुल २६५ रणनैतिक सडकका लागि ६ अर्ब ९८ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक आयोजना पर्ने गरी आयोजनाका लागि बजेट बिनियोजन गरिएको छ । आयोजना अनुसार न्यूनतम ३ करोड २० लाख रुपैयाँदेखि अधिकतम ८ करोड रुपैयाँसम्म बजेट बिनियोजन गरिएको छ ।

कुन आयोजनाका लागि कति बजेट ?


क्लिकमान्डु