इरानका गुप्तचर मन्त्री खातिब मारिएको इजरायलको दाबी


एजेन्सी । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले बुधबार इरानी गुप्तचर मन्त्री इस्माइल खातिब गए रातिको एउटा आक्रमणमा मारिएको बताएका छन् ।

खतिबको मृत्युको सम्बन्धमा इरानबाट हालसम्म कुनै पुष्टि भएको छैन ।

उनले र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सेनालाई हिटलिस्टमा राखिएका सबै वरिष्ठ इरानी अधिकारीलाई थप स्वीकृतिको आवश्यकता बिना नै मार्न अधिकार दिएको काट्जले बताए ।