उद्योगबाट निस्कने ९८ प्रतिशत फोहरलाई व्यवस्थापन गर्न खुकुरी रम सफल



काठमाडौं । खुकुरी रमले उद्योगबाट निक्कने ९८ प्रतिशत फोहरलाई व्यवस्थापन गर्न सफल भएको जनाएको छ ।

यसलाई आगामी ३ वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता उद्योगले गरेको छ ।

सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने तथासकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका जनाएको छ ।

उद्योगले बोतलहरु पुनः प्रयोग गर्ने उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका रहेको जानकारी दिएको छ ।
अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर रहेको उल्लेख गरेको छ ।

ग्रीन इनर्जीमा समेत काम गरिरहेका बताउदै आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याउने तथा एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको जानकारी दिएको छ ।


क्लिकमान्डु