स्मार्टफोन भिभोको आम्दानी १३ प्रतिशतले बढ्यो



काठमाडौं । भिभो स्मार्टफोनको आधिकारिक विक्रेता एपेक्स मनोकामाना प्रालिको आम्दानी १३ प्रतिशतले बढेको छ । सन् २०१७ देखि नेपाली बजारमा भिभो स्मार्टफोन आयात गरी बिक्री वितरण गर्दै आएको कम्पनीको आम्दानी सन् २०२१ मा १३ प्रतिशतले बढेको हो ।

सरकारले सन् २०२१ मा मात्रै १ अर्ब २९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । सो वर्ष कम्पनीले ८७ हजार ९७१ मोबाइलसेट बिक्री गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा अर्ब १४ करोड ९० लाख रुपैयाँ बराबरको ७६ हजार ६८६ थान मोबाइलसेट बिक्री गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०१९ मा ८९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले बजारमा विभिन्न मोडल र नयाँ मोडलका मोबाइल लन्च गरी बजारमा प्रतिस्पर्धा गरिरहेको छ । बढ्दो प्रतिस्पर्धा बजारमा कम मूल्यमा भिभोले नयाँ विशेषता भएको मोबाइल वितरण गर्ने भएकाले बजारमा राम्रो बिक्री वितरण भइरहेको कम्पनीको दाबी छ ।

कम्पनीले बाग्मति, नारायणी र जनकपुर अञ्चलमा मात्रै ५७ बजारमा ओगटेको जनाएको छ । हालसम्म देशभर कम्पनीको २२ वटा डिलर रहेको छ । कम्पनीले सन् २०२१ मा ४ प्रतिशत मात्रै नाफा कमाउन सफल भएको छ । सन् २०२१ मा कम्पनीले ४.०५ प्रतिशत नाफा कमाएको थियो ।

रेट्री एजेन्सी केयर रेटिङ नेपालले अल्पकालिन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ पाएको छ । जसका कम्पनीले एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु