‘विद्युत् प्राधिकरणको कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने’



काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणको कारण देशभर जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।

इन्टरनेट तथा केवल सेवा प्रदायकले पैसा नतिरेको प्राधिकरणले लाइन काटिदिएको छ ।


विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो ।

पोलभाडा विवाद समाधान गर्न विगतमा उच्चस्तरीय समिति गठन भएको थियो । तर,अहिलेसम्म समाधान निस्केको छैन ।


क्लिकमान्डु