सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो




काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा बुधबार ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा बुधबार २० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु