आयातमा ९०% छुट दिने नीतिविरुद्ध संघर्ष गर्ने स्वदेशी प्याड उद्योगीको चेतावनी, ६ अर्ब लगानी संकटमा



काठमाडौं । सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो ।

नेपालमा ठूला साना गरी ३५-४० उद्योगहरु सञ्चालनमा रहेका छन् । ६ अर्ब रुपैयाँको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । ६ हजार जनाले रोजगारी पाइरहेका छन् । जसमध्ये अधिकांश महिलाहरु रहेको संघले जनाएको छ ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५ प्रतिशत रहेको भन्सार महशुल अब १.५ प्रतिशतमात्र लागु हुनेछ । जबकी, कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुलको घोषणा गरिएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको हो ।

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुने ठहर संघले गरेको छ । डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन निजी क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डोलराज अधिकारीले ०७९/८० को बजेटले प्याड उद्योगीहरुमाथि अन्यायमा परेको सुनाए ।

उनले सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिएकाले सरकारले आयातमा यति धेरै छुट दिन आवश्यक छैन । उनले तत्काल यो निर्णय फिर्ता लिन सरकारसँग माग राखे ।

‘हामीले कर तिर्छौ, काम गर्ने वातावरण देउ भन्ने दुइटा माग गरेका छौं,’ उनले भने ।

उनले स्वदेशी उद्योगलाई धरायशी बनाउने खालको बजेट आएको सुनाए नेपालमा ४० देखि ३५ वटा देशभर प्याड उत्पादन गर्ने कम्पनी रहेको हो ।

प्याड उद्योगमा सबैजनाको गरेर ६ अर्ब बढी लगानी रहेको उनले बताए । नेपालमा जम्मा खपत ३० करोड हुने भन्दै आवश्यक ९० करोड उत्पादन गर्ने क्षमता नेपाली उद्योगमा रहेको उल्लेख गरे । उनले ६० प्रतिशत उत्पादन भएका प्याड कहाँ बेच्ने त्यसको टुंगो नभएको उनले स्पष्ट पारे ।

उनले भने,‘यस्तो अवस्थामा सरकारले आयातलाई हदैसम्मको सुविधा दिएर विदेशी मोडललाई प्राथमिकता दिएको हो । उनले सरकारको १.५ प्रतिशत कर लगाएर आयात गर्ने नीतिले नेपाली उद्योगहरु ध्वस्त र बन्द हुने अवस्था सिर्जना भएको बताए । उनले भने,‘६ हजार जनाको रोजगारी गुमाउने अवस्था छ,’ उनले भने ।

६ अर्ब गुमाउनु पर्ने अवस्था आएको भन्दै उनले अबिलम्ब सरकारले यो निर्णय फिर्ता नलिएमा जुनसुकै पहल कदमी चाल्न बाध्य हुनेपनि चेतावनी दिए ।

‘उद्योग चलाउने अवस्था छैन्, सबै उद्योगीहरु मिलेर अर्थमन्त्री र सरकारलाई तालाचावी बुझाउने निर्णय गरेका छौं,’ उनले भने ।

पाकिस्तानमा बाहिरका सामान आयातमा २० प्रतिशत आयातमा कर लगाइएको भन्दै भारतमा पनि २३ प्रतिशत कर लिएको उल्लेख गरे । तर, नेपालमा १.५ प्रतिशत आयातमा ट्याक्स लिएर नेपाली उद्योगलाई ध्वस्त गर्ने, सिध्याउने, नष्ट गर्ने नीतिले उद्योग सकिने अवस्थामा पुगेको उनले बताए ।

त्यस्तै, नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको उपाध्यक्ष सुर्यबहादुर थापाले सरकारले आयात कर कम गर्दा सेनेटरी प्याड मात्र नभई धेरै उद्योगहरुमा समस्यामा परेको बताए । उनले नेपाल सरकार पनि सेन्थेटिक प्याड उद्योगको २५ प्रतिशत पार्टनर भएको जानकारी दिए ।

उनले भने, ‘सरकार आफैंले योजना बनाउनुपर्ने जिम्मेवारी भएपनि उल्टै राज्यले नै विदेशबाट आउने सामानहरु, मल्टिनेशनल कम्पनीमा आउने सामानहरुलाई प्राथमिकतामा राखेर ९० प्रतिशत राजस्व घटाएको छ त्यसमा मेरो आपत्ति छ ।’

उनले राज्यले आफु पार्टनर भएको पनि बिर्सिएको समेत टिप्पणी गरे । यस्ता उद्योगबाट ६ हजार महिलाले रोजगारी पाएको उल्लेख गर्दै उनले ६ हजारले रोजगारी गुमाउने अवस्था आउन लागेको समेत जिकिर गरे ।

समृद्ध नेपाल बनाउने र स्वरोजगार बनाउने कुरा नारा कहाँ पुग्यो ? उनले प्रश्न गरे । देशलाई समृद्ध बनाउने नारालाई अहिले सरकारमा बसेका प्रतिनिधिले बुझेर त्यसै अनुसार योजना बनाउनुपर्ने बताए । उद्योगीको हितमा नभएको निर्णय तत्काल फिर्ता लिनु पर्ने उनको भनाइ छ ।

त्यस्तै, डा.सपना पाण्डे भुषालले सरकारले सम्बन्धित क्षेत्रसँग सल्लाह नगरी बजेट प्रस्तुत गरेको बताइन् ।

‘बजेट भाषण हुनुअघि सरकारले त्यस क्षेत्रसँग सल्लाह गर्नुपर्ने थियो, तर सरकारले त्यसो गरेन,’ उनले भनिन् ।

देश बाहिरबाट सामान ल्याउनै पर्ने भए नेपालमा उत्पादन भएका भन्दा सस्तो दरमा मात्र खरिद गर्नु पर्ने उनले धारणा राखिन । डा. भुषालले नेपाली सामान भन्दा विदेशी सामान सस्तो दरमा पाउनुपर्नेमा जोड दिइन् । उनले सबैलाई नेपाली उत्पादन नै प्रयोग गर्न समेत सुझाव दिइन् । महिलाको संख्याको तुलनामा ३ गुणा बढी प्याड उत्पादन गर्ने क्षमता नेपालसँग भएको उनले स्पष्ट पारिन् । कच्चा पदार्थमा कर घटाएमा देश र उद्योगी सबैको हित हुने उनको बुझाइ छ ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गरिएको छ । हालको १५ प्रतिशत रहेको भन्सार महशुल अब १.५ प्रतिशतमात्र लागु हुनेछ । जबकी, कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुलको घोषणा गरिएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्कबारे कुनै घोषणा गरिएको छैन । यसो हुँदा तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ ।

कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तिमा दुई तहको फरक हुनुपर्ने हो यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुनेछन् । र, डेढ अर्ब रुपैयाँको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्नेछ । र, व्यापार घाटाको डरलाग्दो घेराबाट देश कहिल्यै माथि उठ्न नसक्ने संघको दाबी छ ।


क्लिकमान्डु