चुनाव भएर कर्मचारीको तलब बढाएको होइनः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनाव भएर लोकप्रिय बजेट आफूले नल्याएको बताएका छन् ।

उनले कर्मचारीको तलब बढाउनुपर्ने कुरा ऐनमा उल्लेख भए अनुसार बढाएको जानकारी दिए ।

किसानलाई सम्मान गर्नको लागि किसान पेन्सन कार्यक्रम ल्याएको भन्दै उनले गर्नुपर्ने कार्यक्रमको बजेट ल्याएको बताए ।

सरकारले अघिल्लो सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिएको भन्दै चुनावलाई हेरेर बजेट नल्याएको बताए ।


क्लिकमान्डु