रोजगारी बढाउने, पूर्वाधार विकास गर्ने र आयात प्रतिस्थापन गर्ने गरी बजेट ल्याएका छौं: मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटभन्दा सबैको ध्यान मेरो गाउँको बाटोमा पर्यो वा परेन भन्नेमा जाने बताएका छन् ।

‘बजेट गाउँको बाटोमात्रै होइन्, गाउँको रोजगारी पनि हो,’ बजेटबारे सोमबार मन्त्रालयमै आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले भने, ‘हामीले आगामी आर्थिक वर्षको बजेट हामीसँग भएका स्रोतको अधिक्तम प्रयोग गर्दै रोजगारी बढाउने, पूर्वाधार विकास गर्ने , आयातप्रतिस्थापन गर्ने गरी बजेट बनाएका छौँ।’

शर्माले आगामी आर्थिक वर्षको बजेटले देशलाई समृद्ध बनाउने लैजाने बताए ।

‘बजेटले सबैको प्रतिवद्धताको माग गर्छ । देश विकासका लागि सबैको प्रतिवद्धताको आवश्यक’ उत्पादन बढाउने गरी हामीले निजी क्षेत्रका माग सम्बोधन गरेका छौँ । हाम्रो नीतिले आयात प्रतिस्थापन गराउने बाटोमा लैजाने विश्वास छ ।’

सिमेन्ट निकासी गरेर व्यापारघाटा घटाउने सरकारको सोच हो ।

‘त्यसैले हामीले उद्योगलाई नगद अनुदान र विद्युतमा छुट दिने निर्णय गरेका हौँ,’ शर्माले भने ।

लक्ष्य निर्धारित गर्दै बजेट बनाएको भन्दै ८ प्रतिशतको आर्थिक बृद्धि हुने समेत शर्माले दाबी गरे ।


क्लिकमान्डु