राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख श्रेष्ठको टिप्पणीः सरकारलाई नै ब्याकफायर हुने बजेट



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले ठूलो आकारको बजेटले वित्तीय स्थायित्वमा चुनौती थपिने टिप्पणी गराएका छन् ।

सरकारले पपुलर बजेट बनाउने भए पनि अहिलेको स्थितीमा वित्तीय स्थायीत्वमा चुनौती थपिने विश्लेषण श्रेष्ठको छ ।

‘आठ प्रतिशतको आर्थिक बृद्धिदर लिने लक्ष्य बजेटले लिएको छ,’ उनले भने, ‘यसले आयात बढाउने हुँदा शोधानान्तरमा थप चाप पर्ने छ ।’

आठ प्रतिशतको बृद्धिदरको लागि कर्जा जानुपर्ने र यसका लागि आयात हुने वस्तुहरु बढ्ने हुँदा विदेशी सञ्चितिमा चापपर्ने श्रेष्ठको भनाइ छ ।

बजेट घाटा अहिले जीडीपीको १० प्रतिशत रहेको भन्दै श्रेष्ठले सरकारलाई नै दीर्घकालीन रुपमा ब्याकफायर हुने टिप्पणी श्रेष्ठको छ ।


क्लिकमान्डु