नेपालबाट विदेशमा काम गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्दा हुने



काठमाडौं । नेपालबाट विदेशका विभिन्न कम्पनीमा काम गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्दा हुने भएको छ ।

सरकारले आर्थिक विधेयक मार्फत नेपालबाट विदेशका कम्पनीमा काम गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्दा हुने व्यवस्था गरेको हो ।

गत वर्षको आर्थिक ऐनले नेपालबाट विदेशका कम्पनीमा काम गर्ने व्यक्तिले १ प्रतिशत अग्रिम कर तिर्नु पर्ने व्यवस्था गरेको भएपनि उक्त कर अन्तिम भए वा नभएको विषयमा भने कुनै स्पष्ट थिएन् । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत उक्त १ प्रतिशत कर अन्तिम हुने व्यवस्था गरिएको हो ।


क्लिकमान्डु