घरजग्गा बिक्रीको नाफामा २ प्रतिशतले बढ्यो पूँजीगत लाभकर



nlntk’/sf] rfkfufFpl:yt 6fxfv]n z]/f kmfF6 .

काठमाडौं । सरकारले घरजग्गा कारोबारबाट हुने नाफामा पूँजीगत लाभकर बढाएको छ ।

अब, ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्नेछ । विगतमा ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ती विक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभ कर लाग्ने गरेको थियो ।

आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ क संशाेधन गर्दै घरजग्गाको नाफामा पूँजीगत लाभ कर बढाइएको हो ।

घर जग्गाको सट्टेबाजी रोक्ने पूँजीगत लाभ कर बढाएको अर्थमन्त्रालयका अधिकारीको दाबी छ ।

यस्तै, ५ वर्षभन्दा बढी स्वामित्व भएको घर जग्गा बिक्री गर्दा अब ५ प्रतिशत आयकर लाग्ने भएको छ । विगतमा ५ वर्षभन्दा बढी स्वामित्व भएको घरजग्गा खरिद बिक्री गर्दा २.५ प्रतिशत पूँजीगत लाभकर लाग्ने गरेको थियो ।


क्लिकमान्डु