सुरुङमार्ग निर्माण गर्नका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले सुरुङमार्ग निर्माणका लागि प्राथमिकतामा राखेको छ ।

सरकारले दुई वटा क्षेत्रको सुरुङमार्गलाई प्राथमिकतामा राखेर ६ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नागढुङ्गा सुरुङ्मार्गका लागि ५ अर्ब २० करोड विनियोजन गरेको छ ।

सरकारले सिस्नेखोलादेखि नागढुङ्गासम्मको मुख्य सुरुङको निर्माणका लागि सो रकम विनियोजन गरेको हो । त्यसैगरी, सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पा सिद्धबाबा खण्डको सुरुङमार्गको निर्माणका शुरु गर्नेछ ।

लुम्कीबास, बर्दाघाट र कुलेखानी, भीफेदी, खुर्कोट, चियाबारी, मजिमटार शक्तिखोर, बेहुलीढुङ्गा, इमील्चाखोला, सुर्खेत रानीघाट, भुरेगाउँको सुरुङामार्गको अध्ययन कार्य सम्पन्न गर्ने बताए । चारभन्ज्याङ चार सुरुङमार्ग अवधारणा अन्तर्गत काठमाडौं उपत्यकाका बाँकी तीन भन्ज्याङमा टोखा, छहरे, गोदावरी, साँगा, पनौती क्षेत्रको अध्ययन गर्नेछ । सुरुङमार्ग क्षेत्रका लागि १ अर्ब १९ करोड विनियोजन गरेको छ ।


क्लिकमान्डु