निजगढ विमानस्थल नबनाउने अदालतको निर्णयबिरुद्ध बिरोध प्रदर्शन



काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

आईतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनताहरुमा नैराश्यता पैदा भएको बताइन् ।

उनले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम गरेको भन्दै निर्णयलाई पुनरावलोकन गर्न माग गरे । उनले निर्णय पुनरावलोकन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिए । प्रदर्शनकारी खड्काले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएकोले सबै सांसदहरु एकजुट भएर विकासको योजना अघि बढाउनु पर्ने बताए ।

‘निजगढ विमानस्थल नबनाउने सर्वोच्चको निर्णयले जनतामा नैराश्यता पैदा गरेको छ । राष्ट्रिय गौरवको योजनालाई निमोठिने काम भएको छ । यो निर्णयलाई पुनरावलोकन नहोउन्जेल आन्दोलन भइरहन्छ । एमसीसी पास गर्न एकजुट भएझैँ विकासको योजनामा पनि एकजुट हुने बेला भएको छ ।’ उनले भने ।

प्रदर्शनकारीहरुले के विकास र समृद्धि अधिकार होइन र हे अदालत ? वातावरणको नाममा विकास रोक्न पाइँदैन, सर्वोच्च अदालतको दुर्भाग्यपूर्ण फैसला पुनःविचार गर् लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । सर्वोच्च अदालतले गत बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो ।


क्लिकमान्डु