वल्ड दरबार र ८८४८ भोड्का उत्पादन कम्पनी यति डिस्टिलरीको आम्दानी २१ प्रतिशतले बढ्यो



काठमाडौं । वल्ड दरबार र ८८४८ भोड्का उत्पादन कम्पनी यति डिस्टिलरीको आम्दानी २१ प्रतिशतले बढेको छ । ह्वीस्की र भोड्का सेगमेन्टमा सबैभन्दा ठुलो खेलाडीको रुपमा परिचित यति डिस्टिलरीको आम्दानी सन् २०२१ मा २१ प्रतिशतले बढेको हो ।

सन् २०२० कम्पनीले ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२१ मा ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँको आम्दानी गरेको छ ।

त्यसैगरी, सन् २०१८ मा ३ अर्ब २६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ४ अर्ब ५० करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीअनुसार सन् २०२० मा कोरोना महामारीका कारण आम्दानीमा असर पुगेकाले कम कारोबार भएको हो । तर, सन् २०२२ को ६ महिनाको अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ९० लाख रुपैयाँको कारोबार गर्ने अपेक्षा लिएको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२१ मा ३२.३ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले वल्ड दरबार ह्वीस्की र ८८४८ भोड्काले पछिल्लो ३ वर्षदेखि लगातार राम्रो आम्दानी गरेको उल्लेख छ । सन् २०१५ मा स्थापना भएको यति डिस्टिलरीले लो–इन्ड भएको ७० अप मदिराको व्यापार गर्दै आएका छन् ।

२५ अप वल्ड दरबार ह्वीस्की सन् २०१५ बाट र सन् २०१६ बाट ३० अप ८८४८ भोड्का उत्पादन गर्न शुरु गरेका थिए । कम्पनीले सन् २०१९ देखि २०२१ सम्ममा सो २ प्रकारका उत्पादनले मात्रै ९० प्रतिशत आम्दानी गरेको छ । साथै, बाँकी आम्दानी ७० अप उत्पादन (कस्तुरी ब्रान्ड)का मदिराबाट हुने गरेको छ । जसमा वल्ड दरबार र ८८४८ सेगमेन्टको ह्वीकी र भोड्काको ४० देखि ५० प्रतिशत आन्तरिक बजारमा बिक्री वितरण हुने गरेको छ ।

कम्पनीको ५० प्रतिशत शेयर अभिशेक श्रेष्ठको रहेको छ भने ५० प्रतिशत शेयर परिवारिक सदस्य रवि श्रेष्ठको छ । कम्पनीले विभिन्न ६–७ वटा ब्रान्डका मदिरा जस्तै, भोड्का, ह्वीस्की, जिन रलो इन्ड ७० अप मदिरा उत्पादन गर्दै आएका छन् । कम्पनीले सन् २०२१ मा मात्रै वल्ड दरबार र ह्वीस्कीबाट मात्रै ९४ प्रतिशत आम्दानी गरेका छ । कम्पनीले दैनिक ९ हजार केस मदिरा उत्पादन गर्ने क्षमता रहेको छ । हाल कम्पनीको १२० वटा वितरक छन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई दीर्घकालिन र अल्पकालिन कर्जाका लागि ३ अर्ब १२ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु