अस्ट्रेलियाबाट फर्केर नवलपुरमा साथीमार्टको फ्रेन्चाइज आउटलेट



गैंडाकोट । नेपालकै ठुलो ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टले एक्ले साल, नयाँबजार, गैंडाकोट-२, नवलपुरमा आफ्नो नयाँ फ्रान्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ ।

८ वर्ष अष्ट्रेलिया बसेर नेपाल फर्केका प्रदिप रावलले मार्ट सुरु गरेका हुन् । ५ सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान हुनेछन् ।

‘विदेशी भुमीमा वर्षौं बसेर काम गरियो र अन्तयमा आफ्नै देश फर्किएँ । नेपालमा आएपछि कुन व्यवसाय अपनाउने, केमा लगानी गर्ने दुबिधा थियो ।ु रावल थप्छन् ु म अस्ट्रेलियाको ग्रोसरी चेन वुलवर्थबाट म प्रभावित पनि थिएं । साथीमार्टसँग जोडिए पछि आफ्नै ठाउँमा ब्यवस्थित व्यवसाय सञ्चालन गर्न सकिने साथै रोजगारी सिर्जना गर्न सकिने देखेर म जोडिएको हुँ ।’

एउटै लगानीमा खुद्रा ब्यापार आउटलेट, ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको साथीमार्ट इन्कर्पोरेट प्रालिका सँस्थापक सिइओ सागर पोख्रेलले बताए ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्णस्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।


क्लिकमान्डु