स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताएका छन् ।

नीति तथा कार्यक्रमकामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘यहाँ निर्वाचनको विषयमा कुरा उठाइएको छ, देशभर एकैपटक निर्वाचन गर्नु चुनौतीपूर्ण काम हो । साधन र स्रोतका सीमिततका बावजुद पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

उनले निर्वाचनका क्रममा छिटपुट घटनलाई लिएर यसमा आशंका गर्नु राम्रो नभएको बताए ।


क्लिकमान्डु