मासिक ३ अर्ब ६९ कराेडकाे मोबाइल आयात, गत वर्षभन्दा १५%ले बढ्यो



काठमाडौं । मुलुकमा आयात उच्च भएर विदेशी मुद्रा सञ्चितिमा प्रभाव पारिरहेको बेला मोबाइल हेन्डसेट भित्रने क्रम अझ बढेको छ ।

नेपालमा हाल मासिक ३ अर्ब ६९ करोड रुपैयाँभन्दा धेरैको मोबाइल हेन्ड सेट आयात भइरहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको तथ्यांकअनुसार यस अवधिमा ३६ अर्ब ९४ करोड रुपैयाँभन्दा धेरै रकम बराबरको मोबाइल हेन्डसेट आयात भएको छ ।

यस तथ्यांकलाई मासिकरुपमा हेर्दा मासिक ३ अर्ब ६९ करोडभन्दा धेरै मोबाइल आयात भएको देखिन्छ ।

चालु आर्थिक वर्षमा मोबाइल आयात गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षका पहिलो दश महिनामा मुलुकमा ३२ अर्ब ९

करोड रुपैयाँ बराबरको मोइलहेन्ड सेट आयात भएको थियो ।

बढ्दो आयातले नेपालको विदेशी सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले मोबाइललगायतका विलासी वस्तु आयातमा कडाइ गरेको थियो ।

राष्ट्र बैंकले गत पुस ५ गते १८ वटा वस्तुको आयातमा शतप्रतिशत र २ वटा वस्तुको आयातमा ५० प्रतिशत मार्जिन प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था गरेको थियो । त्यसपछि, पुनः राष्ट्र बैंकले माघ २६ गते ४७ वटा वस्तुको आयातमा शतप्रतिशत नगत मार्जिनमा एलसी खोल्नुपर्ने व्यवस्था गर्यो मोबाइल हेन्डसेट आयात गर्नका यसभन्दा अघि नगद मार्जिनको व्यवस्था गरिएको थिएन ।

बैंकर्स संघले ४७ वटा वस्तुसहित मोबाइल आयात पनि एलसी रोक्ने निर्णय गरेको थियो ।

सरकारले मोबाइल आयातमा एलसी रोक्ने निर्णय गरे पनि बजारमा मोबाइल अभाव नहुने व्यवसायीले बताएका थिए ।

गत वर्ष र चालु आवमा मोबाइल आयात उच्च भएकाले स्टकमा धेरै मोबाइल रहेको व्यवसायीहरुको भनाइ छ ।

आयातकर्ता, वितरक र खुद्रा व्यापारीसँग प्रशस्त मोबाइल स्टक रहेकाले केही महिना एलसी रोकिदैमा मोबाइल अभाव नहुने उनीहरुको भनाइ छ ।

व्यवसायीका अनुसार नेपालमा वार्षिक ५० लाखको हाराहारीमा मोबाइलफोन सेट खपत हुन्छन् ।


क्लिकमान्डु