भरतपुरमा माओवादीकी रेनु दाहाललाई एमालेका बिजय सुवेदीले पछि पारे



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका बिजय सुवेदीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेटअनुसार राप्रपा एमाले गठबन्धनका सुवेदीले ३८ सय ३८ मत प्राप्त गरेका छन् भने उनकी निकटतम् प्रतिद्धन्द्धी कांग्रेस माओवादीको ५ दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३८ सय ५ मत ल्याएका छन् ।

अहिलेसम्मको मत परिणामअनुसार दाहालको भन्दा सुवेदीको ३३ मत बढी छ ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५ सय ११ मत ल्याएका छन् । पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका कारण रेनुलाई निकै कठिन देखिएको छ ।


क्लिकमान्डु