महालक्ष्मी लाइफको बीमा कोषको आकार ४८ % ले बढ्यो



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ११ करोड ५४ लाख २४ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा ४२.२३ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ७८ करोड ४२ लाख ६१ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको बीमा कोषको आकार ४८.३५ प्रतिशतले बढेर १ अर्ब ९८ करोड १९ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ३३ करोड ६० लाख रूपैयाँ सञ्चित थियो ।

यस अवधिमा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा ७ करोड २४ लाख २० हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा ८.४१ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा कम्पनीले ६ करोड ६८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको यो नाफामा बीमाङ्कीय मूल्याङुकन पछि फेरबदल आउन सक्ने छ ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ११ करोड ९ लाख ८० हजार रूपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले यस्तो शिर्षकबाट ७ करोड १८ लाख ४० हजार रूपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले बीमालेखको धितोमा कर्जाबाट २ करोड ३३ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले यस शीर्षकबाट १ करोड २० लाख ४५ हजार रूपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले अभिकर्ता कमिशनका लागि १९ करोड ३६ लाख २३ हजार रूपैयाँ खर्चेको छ ।

कम्पनीले यस अवधिमा १ हजार २७० वटा बीमा दावीवापत १३ करोड १७ लाख ७ हजार रूपैयाँ भुक्तानी गरेको छ । भने १४ वटा बीमा दावीवापत ४ लाख ३६ हजार रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीमा ३ हजार ८७ वटा बीमालेख जारी भएका छन् । गत आवको यसै अवधिमा कम्पनीमा ३ हजार ९५१ वटा बीमालेख जारी भएका थिए ।

सो बीमालेख जारी गरी यस आवमा इन्स्योरेन्सले ११ लाख ८६ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १९ लाख १४ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २२ करोड २२ लाख रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु