सूर्या लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५% ब्याज छुट पाउने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने भएका छन् ।
कम्पनीका अनुसार बीमितहरूले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज छुट पाउने भएका हुन् ।
कम्पनीकाअनुसार यो छुट २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म मात्रै लागू हुने छ ।
कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरूलाई छुको योजना ल्याएको हो ।
कम्पनीकाअनुसार सन २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट लागू हुने छैन ।
यो सुविधा अन्तर्गत एक पटक ब्याज छुट लिई सकेका बीमितहरूलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले जनाएको छ ।