सरकारको नीति निजी क्षेत्रमैत्री छैनः चेम्बर अफ कमर्शका अध्यक्ष मल्ल



काठमाडौ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले लिने नीति निजी क्षेत्रमैत्री नभएको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मल्लले सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा समस्या बढेको तर्क गरे ।

उनले व्यापारघाटा कम गर्न आयात घटाउनुपर्ने आवश्यक भएको बताए ।

उनले सरकारले पर्यटन क्षेत्रमा राज्यले हेलचेक्रयाई गरेको भन्दै यो क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर कम गर्न सुझाव दिए ।

रेमिट्यान्स बढाउन र बैकिङ प्रणाालिमा ल्याउन आइपीओ र एफपीओ सहुलियतसहित लगानी गर्ने व्यवस्था गर्न उनले सुझाव दिए ।

उनले रेमिट्यान्सलाई पूर्वाधार क्षेत्रमा पनि लगानी बढाउन
आवश्यक रहेको समेत बताए ।


क्लिकमान्डु