मुद्रास्फिती घटाउन ब्याजदर बढाउने अप्रिय निर्णय लिनुपर्छः विश्व बैंककी अर्थशास्त्री ब्रुक्स



काठमाडौं । विश्व बैंकीकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले मुद्रास्फिती नियन्त्रणमा राख्न ब्याजदर बढाउने निर्णय गर्नुपर्ने बताएकी छन् ।

‘नियामक निकायले नीतिगत दर बढाउने निर्णय निजी क्षेत्रका लागि अप्रिय हुन्छ,’ नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा ब्रुक्सले भनिन, ‘तर, मुद्रास्फिति घटाउन नीतिगत दर बढाउनुको विकल्प छैन ।’

रसिया र युक्रेनबीचको युद्धले संसारभर आगामी दुई वर्षसम्म वस्तु तथा सेवाको मूल्य बढाउने भन्दै विदेशी मुद्राको सञ्चितिमा केही गिरावट हुँदैमा अर्थतन्त्र समस्यामा नपर्ने ब्रुक्सको भनाइ छ ।


क्लिकमान्डु