बुध्द एयरको टायर पड्किँदा भैरहवा विमानस्थल बन्द



काठमाडौं । बुध्द एयरको विमानको टायर पड्किँदा भैरहवा विमानस्थल बन्द भएको छ ।

भैरहवाको नयाँ रनवेबाट टेकअफ हुने समयमा टायर पड्किँदा अगाडिको टायर पड्किएको थियो ।

बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार विमानमा उडानमा समस्या आएपछि काठमाडौंबाट अर्को विमान पठाएर यात्रु ल्याउने तयारी भइरहेको छ ।

हाल भैरहवा विमानस्थल बन्द छ । यद्यपि पुरानो रनवेमा विमान अवतरण गर्न सकिने कर्णले बताए ।

‘भैरहवाबाट काठमाडौं उडान नम्बर ८५६ भैरहवा विमानस्थलमा जहाज रोलिङका क्रममा टायर फ्लायटका कारण यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ । उक्त जहाज प्राविधिक टिमहरुले चेकजाँच गरिरहेका छन्,’ बुध्द एयरले भनेको छ ।


क्लिकमान्डु