गैह्र कानूनी कार्यमा नासा इन्भेष्टमेन्ट, कारबाही गर्ने सेबोनको चेतावनी



काठमाडौं । धितोपत्र बोर्डले नासा इन्भेष्टमेन्ट प्रा.लिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कम्पनीले प्रदेश १ को विराटनगर–५ भृकुटी चोकमा बोर्डबाट अनुमति नलिइ डिम्याट खाता, मेरो सेयर, ब्रोकर खाता (टीएमएस) का सहजिकरण गर्ने सेयर बजारको पोर्ट फोलियो म्यानेजमेन्ट गर्ने, दोस्रो बजारमा खरिद बिक्री सम्बन्धी परामर्श दिने गरेको पाइएको छ ।

उक्त कार्य तत्काल बन्द गर्न बोर्डले आग्रह गरेकाे छ । उक्त कार्य तत्काल बन्द नगरे धितोपत्र सम्बन्धी कानून बमोजिम कारबाही गर्ने बोर्डले जनाएको छ ।


क्लिकमान्डु