आईएमई लाइफको साधारणसभाले आइपीओ ल्याउने, मर्जरमा जाने प्रस्ताव पारित



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरिएको छ ।

सभाले सर्वसाधारणलाई छुट्टाइएको साधारण सेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न-गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ ।


क्लिकमान्डु