नेको इन्स्योरेन्सको पुँजी वृद्धि योजना: बोनसबाट नपुगे हकप्रद सेयरबाट पुर्याइने



काठमाडौं । नेको इन्स्योरेन्सले बोनस र हकप्रद सेयरबाटै बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने भएको छ ।
बीमा समितिले गत चैतमा बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो ।

जीवन बीमाको २ अर्बबाट ५ अर्ब निर्जीवन बीमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब पुर्याउने निर्णय गर्दै सबै कम्पनीलाई पुँजी वृद्धिको योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो ।

जसअनुसार कम्पनीले बोनस र हकप्रद सेयरबाट पुँजी पुर्याउने योजना बीमा समितिमा पेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले जानकारी दिए ।

‘साढे २ अर्ब रूपैयाँको पुँजी कायम गर्न समितिले तोकिदिएको समय सीमा छोटो छ, तोकिएको समयमा पुँजी पुर्याउन हकप्रद र बोनस बाहेकको अरू विकल्प छैन,’ खड्काले क्किमाण्डूसँग भने ।

हाल नेको इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लगानीकर्ताका लागि बोनस सेयर दिई तोकिएको पुँजी पुर्याउने योजना समितिमा पेश गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई लाभांश दिने र सो लाभांशबाट पुँजी वृद्धि गर्न असम्भव भएमा हकप्रद सेयर जारी गर्ने योजना समितिमा पेश गरेको छ ।

समितिले तोकिदिएको साढे २ अर्ब पुँजी पुर्याउन कम्पनीले ७५ करोड २० २० लाख रूपैयाँ मात्रै रकम थप गरे पुग्छ ।

कम्पनीले गत आवको मुनाफाबाट लगानीकर्ताका लागि १५ प्रतिशत लाभांश दिएको छ । कम्पनीले उक्त आवमा १५ प्रतिशत बोनस सेयर ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिएको हो ।

सञ्चालनमा रहेका २० जीवन बीमा कम्पनीमध्ये नेकोसँग शिखर इन्स्योरेन्स, आइएमई जनरललाई साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न सहज देखिन्छ ।

यस्तो छ नेकोको लाभांश इतिहास
कम्पनीले गत आवको मुनाफाबाट लगानीकर्ताका लागि १५ प्रतिशत लाभांश दिएको छ । कम्पनीले उक्त आवमा १५ प्रतिशत बोनस सेयर ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिएको हो ।

कम्पनीले लगानीकर्तालाई बढीमा २१.०५ प्रतिशत र थोरैमा ५ प्रतिशतसम्म लाभांश दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्ताका लागि १६.३२ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ८.१६ प्रतिशत, २०७४/७५ मा १२.६३ प्रतिशत, आव २०७३/७४ मा १०.५२ प्रतिशत, आव २०७२/७३ मा २१.०५ प्रतिशत लाभांश दिएको इतिहास छ ।

यस्तै, कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा १५.७८ प्रतिशत, आव २०७०/७१ मा १३.३८ प्रतिशत, आव २०६८/६९ मा ११.५ प्रतिशत र आव २०६७/६८ मा ५ प्रतिशत लाभांश दिएको थियो ।

कुल व्यवसायमा ७.८० प्रतिशत योगदान
चालु आवको चैत मसान्तसम्मको तथ्यांकअनुसार नेको इन्स्योरेन्सले कुल निर्जीवन बीमा व्यवसायमा ७.८० प्रतिशत योगदान पुर्याएको छ ।

चालु आवको चैत मसान्तसम्ममा नेको इन्स्योरेन्सले २ अर्ब २३ करोड ९२ लाख ९७ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ ।

कम्पनीले ९ महिनाको अवधिमा कुल २ लाख १२ हजार ९२८ वटा बीमालेख जारी सो रकम बराबरको व्यवसाय गरेको हो ।

यस्तै, कम्पनीले चैत महिनामा मात्रै २३ हजार २६७ वटा कुल बीमालेख जारी गरी २४ करोड ७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ९५ करोड रूपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले २ लाख ५५ हजार ३६७ वटा बीमालेख जारी गरेको थियो

गत वर्षको चैत महिनामा कम्पनीले २२ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत वर्षको चैत महिनामा मात्रै कम्पनीले २७ हजार ६३६ वटा कुल बीमालेख जारी गरेको थियो ।


क्लिकमान्डु