महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्ट एण्ड थकाली घरमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र भैरहवामा रहेको आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् । ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु