नबिल बैंकको एकै दिन १४ शाखा उद्घाटन



काठमाडौं । नबिल बैंकले एकै दिन १४ वटा नयाँ शाखा खोलेको छ ।

बैंकले धुम्बाराही मालीगाउँ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा शाखा खोलेको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका-५ का वडा अध्यक्ष रमेश डङ्गोलले धुम्बाराही मालीगाउँ शाखाको उद्घाटन गरेका छन् ।

बैंक संचालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद चापागार्इँले दुवाकोट शाखाको उद्घाटन गरेका छन् ।

यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रंजना पौडेल पण्डीतले मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज कुमार ज्ञवाली र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले चिसापानी शाखाको उद्घाटन गरेका छन् ।

नबिल बैंकका प्रदेश १ प्रमुख सुबोध लोहनी र राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले पुष्पलाल चोक शाखा, बैंकका प्रमुख संचालन अधिकृत गणेश प्रशाद अवस्थी र राष्ट्र बैंक वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले जीतपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र राष्ट्र बैंक जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तराष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगार्इँ र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरेका छन् ।


क्लिकमान्डु