अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाएः पराजुली



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा देशभरका १ हजार ३४५ अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका खेलेको बताए ।

उनले अभिकर्ताहरुको क्षमता अभिबृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय बृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिने बताए ।

इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ८ अर्ब २१ करोड रहेको छ भने लगानी १ खर्ब ३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष १ खर्ब २४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ ।
२ लाख ३ हजार भन्दा बढी अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि २०२ कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराएको छ ।

नेशनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरुका लागि व्यापार लक्ष्य सहितको स्कीम ल्याउने जानकारी गराए ।

हालसम्म स्वदेश र विदेशसहित ३० लाख ४७ हजार ५६० व्यक्ति कम्पनीमा बीमित भइसकेका र ग्राहकहरूको हितलाई मध्यनजर गरी थप नयाँ बीमा योजना, सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ रहेको थियो ।


क्लिकमान्डु