गभर्नर अधिकारीको मुद्दा हेर्दा हेर्दैमा, १२ घण्टा बहसपछि शुक्रबारका लागि तोकियो पेशी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार गभर्नरका पक्षबाट १२ जना र बिहीबार सरकारी पक्षबाट १३ जनाले बहस गरेपछि अर्को पेशी शुक्रबार ११ बजेका लागि तोकिएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा भएको सुनुवाईमा दुबै पक्षका अधिवक्ताहरुले १२ घण्टा बहस गरेका थिए ।

यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिटमाथि सुनुवाई गर्दै अन्तरकालिन आदेश जारी गरेको थियो । शुक्रबारको पेशीमा यसअघिको आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषय टुंगो लाग्नेछ ।

शुक्रबारको पेशीमा महान्यायाधिवक्ता र ४ जना सहन्यायाधिवक्ताका साथै ८ जना वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए ।


क्लिकमान्डु