चैतसम्ममा निर्जीवन बीमा कम्पनीले पाने २८ अर्ब बीमाशुल्क संकलन गरे, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७० करोड रूपैयाँ भन्दा धेरै कुल बीमाशुल्क संकलन गरेका छन् ।

चैत मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७० करोड ११ लाख रूपैयाँ कुुल बीमाशुल्क संकलन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, मोटर बीमा, इञ्जिनियरिङ तथा सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

चैत मसान्तसम्मा निर्जीवन बीमा कम्पनीहरूमा कुल २१ लाख ७५ हजार ४१४ वटा बीमालेख जारी भएको बीमा समितिद्धारा उपलब्ध तथ्यांकमा उल्लेख छ ।

निर्जीवन बीमा कम्पनीहरूले चैत महिनामा मात्रै २ लाख ५६ हजार ९५८ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ४० करोड १२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीमध्ये १६ वटाले अर्बभन्दा धेरैको व्यवसाय गरेका छन् भने बाँकी ४ वटा कम्पनीको व्यवसाय करोडमै सीमित भएको छ ।

यस अवधिसम्ममा शिखर इन्स्योरेन्सले धेरै बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । कम्पनीले ३ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छ ।

समितिको तथ्यांअनुसार यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ४२ करोड ९२ लाख, नेको इन्स्योरेन्सले २ अर्ब २३ करोड ९२ लाख, सिद्दार्थ इन्स्योरेन्सले १ अर्ब ९४ करोड ५ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ७७ करोड १८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६४ करोड ५ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २७ करोड ४१ लाख रूपैयाँ, हिमालयन जनरलले १ अर्ब २६ करोड ५२ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब २२ करोड ६६ लाख रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब २१ करोड ३५ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड ९० लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १७ करोड ७९ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ३ करोड ४९ लाख र प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिको तथ्याङकअनुसार एभरेष्ट इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीको व्यवसाय भने करोड मै सीमित भएको छ ।


क्लिकमान्डु