चैतसम्ममा जीवन बीमा कम्पनीले गरे १ खर्बभन्दा धेरैको बिजनेश, कुन कम्पनीको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत महिनासम्ममा १ खर्ब भन्दा धेरैको व्यवसाय गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा सञ्चानमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाुशल्क संकलन गरेका हुन् ।

बीमा समितिको तथ्यांकअनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरूले प्रथम व्यवसायबाट २८ अर्ब ८९ करोड ९३ लाख रूपैयाँ र नवीकरण बीमाबाट ७३ अर्ब ५३ करोड ५ लाख रूपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

यस्तै, जीवन बीमा कम्पनीहरूले चैत महिनामा मात्रै १० अर्ब २२ करोड ५९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

चैत महिनामा कम्पनीहरूले १० लाख ११ हजार २८३ वटा बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा कम्पनीहरूले प्रथम व्यवसायबाट २ अर्ब ९८ लाख ५१ लाख रूपैयाँ र नवीकरण बीमाबाट ७ अर्ब २४ करोड ८ लाख रूपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

तथ्याङकअनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ ।
कम्पनीले यस अवधिमा प्रथम बीमाबाट ४ अर्ब ९३ करोड ९१ लाख रूपैयाँ र नवीकरण बीमाबाट २१ अर्ब ५३ लाख ४४ हजार रूपैयाँ गरी कुल २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

एलआइसी नेपालले चैत महिनासम्ममा १२ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफले १० अर्ब १३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यूनियन लाइफले ६ अर्ब १५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

एशियन लाइफले ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ३ करोड ४० लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ९० करोड ५ लाख रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ६३ करोड ६९ लाख, सन नेपाल लाइफले ३ अर्ब ३ करोड ८३ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, बीम समितिले उपलब्ध गराएको तथ्यांकअनुसार ज्योति लाइफले २ अर्ब ६३ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ३८ करोड ८६ लाख रुपैयाँ, गुराँस लाइफले २ अर्ब ३३ करोड ३३ लाख, रिलायन्स लाइफले २ अर्ब ४ करोड ८३ लाख, सानिमा लाइफले १ अर्ब ७३ करोड २३ लाख, प्रभु लाइफले १ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ८ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु