महासंघ र इप्पानको आन्दोलन स्थगित, समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा उपसमिति गठन



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलन स्थगित गरेका छन् ।

महासंघ र इप्पानले बीमा समितिले जारी गरेको ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम खारेजीको माग गर्दै आएका थिए ।

बीमा समितिको आयोजनामा इञ्जिनियरिङ, बीमा सम्बन्धी विषयमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र उर्जा उत्पादक संघको संस्था (इप्पान) लगायतका विभिन्न सरोकारवालाहरूसँग छलफल भएको थियो ।

सो छलफलले समितिले जारी गरेको ‘मिनिमम रेट फर ननट्यारिफ इन्स्योरेन्स विजनेस’ सम्बन्धी निर्देशिकालाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललको संयोजकत्वमा एक उपसमिति गठन भएको छ ।

जसमा निमार्ण व्यवसायी महासंघ, इप्पान, नेपाल उद्योग वाणिज्य महासंघ, सार्वजनिक खरिद अनुमगमन कार्यालय, सर्मेयर संघ, नेपाल बीमक संघ, पुनर्बीम कम्पनी, बीमा समिति, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रतिनिधित्व गर्ने भएका छन् ।
उक्त उपसमितिले आवस्यक अध्ययन गरी ७ दिनभित्र सो को प्रतिवेदन बुझाउने छ ।

समितिले गत असोज ६ गते ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको थियो ।

न्यूनतम प्रिमियमभन्दा बढी बनाएर ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको भन्दै आन्दोलन गर्दै आएका थिए ।

ननट्यारिफ बीमामा कम प्रिमियम लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि न्यूनतम प्रिमियम तोकिएको समितिले जनाएको छ । तर, उक्त प्रिमियम तोकेसँगै निर्माण व्यवसायी र उर्जा उत्पादन गर्ने व्यवसायीहरूले असहमति जनाउँदै आएका छन् ।

निर्माण व्यवसायी र इप्पानले विगतको दररेटभन्दा ५ देखि ८ गुणा वृद्धि गरेर बढी शुल्क तिर्न बाध्य बनाएको भन्दै विभिन्न चरणमा बीमा समितिसँग छलफल गरेको थियो । तर, समितिले माग सम्बोधन नगरेपछि अन्तिम चरणमा आन्दोलन गर्दै आएका छन् ।


क्लिकमान्डु