टिक्न सकेन लगानीकर्ताको खुसी, बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको सेयर बजारमा लगानीकर्ताको खुसी २४ घन्टा पनि टिक्न सकेन ।

सोमबार बजारमा भारी गिरावट आएको छ । आइतबार बढेको बजारले सोमबार पनि निरन्तरता पाउने लगानीकर्ताको चाहना अधुरो बनेको छ । सोमबार बजार मापन गर्ने सूचक ३४.९५ अंकले घटेर परिसूचक २३८६.०१ बिन्दुमा रोकिएको छ ।

यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.१९ अंकले घटेर ४५४.६९ बिन्दुमा रोकिएको छ । सोमबार २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता सेयर २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १६.५०, विकास बैंक ८६.८७, वित्त २६.६१, जलविद्युत ५१.९१, जीवन बीमा १९९.३१, माइक्रोफाइनान्स ७६.८६, निर्जीबन बीमा समूहको उपसूचक १५०.०९ अंकले घटेको छ । कारोबारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु