आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न लाभांश पारित



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २४औँ बार्षिक साधारणसभा सम्पन्न भएके छ ।

सभाले लगानीकर्ताका लागि प्रस्ताव गरेको ७ प्रतिशत लाभांश पारित गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउने भएका छन् ।

चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको हुनाले उक्त बोनस सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने छ ।

सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको स्मरण गराए ।

अध्यक्ष ढकालले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७-०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन भएको बताए ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए ।

आगामी दिनहरुमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडि बढ्ने उनको भनाइ छ ।

आ.ब. २०७६-७७ मा १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको छ । चालु आबको चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको छ ।


क्लिकमान्डु