फेरि सर्ने भयो भन्सार एजेन्टको परीक्षा, तोकिएको मितिमा नहुने



काठमाडौं । भन्सार एजेन्टको परीक्षा तोकिएको मितिमा नहुने भएको छ ।

भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।

आयोग वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा तत्काल परीक्षा सञ्चालन नगर्न भनेको हो ।

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा सञ्चालन गर्न समेत भन्सार विभागलाई निर्देशन दिएको छ।

आज बिहीबार बिहान आयोगले बिभागमा पत्र पठाएको हो।

आयोगले पठाएको पत्रमा स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ लागू भएकोमा स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म परीक्षा सञ्चालन नगर्न भनिएको छ ।

यसअघि विभागले भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु