भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने



काठमाडौं । भन्सार एजेन्टको परीक्षा आगामी वैशाख १७ गते हुने भएको छ ।

भन्सार विभागका उपमहानिर्देशक तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार वैशाख १७ गते शनिबार दिउँसो २ बजे परीक्षा हुने भएको हो ।

उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

गत फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो । गत चैत १३ गते उच्च अदालत पाटनले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने बाटो खुलेको थियो ।

विभागका अनुसार परीक्षा केन्द्र भने पछि तय गरिनेछ ।


क्लिकमान्डु