९ महिनामा ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ७२ करोड



काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ ।

जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रुपैयाँ रहेका छ ।
२३ अर्ब ७९ करोड ५७ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ रहेको छ । २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले कर्जा लगानी २ खर्ब ६० अर्ब २० लाख ९६ हजार २९ हजार रुपैयाँ गरेको छ ।
प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु