सानिमा बैंकको डबल धमाका मुद्दती खाता, साढे ६ वर्षमा पैसा डबल



काठमाडौं । सानिमा बैंकले नयाँवर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।

यस अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर अर्थात् शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयम्ले बेहोर्नु पर्नेछ ।

व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । साथै, ग्राहकले २ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एकभन्दाबढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन् ।


कमलकुमार बस्नेत