गभर्नर महाप्रसाद अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा



काठमाडौं । आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलबार पेशी तोकिएको छ ।

उनको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पुगेको छ ।

गभर्नर अधिकारीले गत आइतबार रिट दायर गरेका थिए । रिट सोमबार दर्ता भइ मंगलबारका लागि पेशी तोकिएको थियो ।

सरकारले करिब २ साताअघि गभर्नर अधिकारीले आफूलाई असहयोग गरेको भन्दै निलम्बन गर्दै जाँचबुझ समिति समेत गठन गरेका थिए । सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति समेत गठन भइसकेको छ ।


क्लिकमान्डु