९ जीवन बीमा कम्पनीले दिए लाभांश, कसको कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश दिएका छन् ।

जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन(एक्चुअरी भ्यालुएसन)का कारण अन्य कम्पनीको तुलनामा एक वर्ष ढिला लाभांश घोषणा हुँदै आएको छ ।

नेपालमा दक्ष जनशक्तिको आभावका कारण बीमाङ्कीय मूल्याङ्कन गर्नका लागि विदेशी मुलुक पठाउनु पर्ने बाध्यता छ । जसले, गर्दा वित्तीय विवरणको लेखापरिक्षण समयमा नै हुँदैन । जसले, गर्दा जीवन बीमा कम्पनीहरूको लाभांश घोषणा र साधारण सभामा ढिलाई हुँदै आएको छ ।

सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ र एलआइसी नेपाल र सानिमा लाइफले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये सानिमा बाहेक अरु सबै कम्पनीहरूले साधारण सभा सम्पन्न गरि प्रस्तावित लाभांश समेत पारित गरेका छन् ।

आठ जीवन बीमा कम्पनीमध्ये एशियन लाइफले लगानीकर्ताका लगि धेरै लाभांश घोषणा गरेको छ ।

२०७५/७६ मा लगानीकर्ताको हात खाली बनाएको इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश माघ २१ गते बसेको १३ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत समेत भईसकेको छ । चैत १३ गते सूचीकृत भएको हो ।

यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.८७ प्रतिशत नगद गरी कुल १५.८७ प्रतिशत लाभांश कम्पनीको मंसिर १९ गते बसेको चौधौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा चैत ७ गते सूचीकृत भईसकेको छ ।

सूर्या लाइफले अघिल्लो आवको मुनाफाबाट १२.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश कम्पनीको पुस १९ गते बसेको तेह्रौ वार्षिक साधारण सभाले पारित गरेको छ । सूर्या लाइफको बोनस सेयर पनि फागुन १८ गते नेप्सेमा सूचीकृत भईसकेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । प्रस्तावित उक्त लाभांश फागुन ६ गते बसेको चौथों वार्षिक साधारण सभाले पारित गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

एलआइसी नेपालले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांशलाई साधारण सभाले पारित गरिसकेको छ । इन्स्योरेन्सको फागुन ११ गते सम्पन्नन भएको १९ औं वार्षिक साधारण सभाले सो लाभांश पारित गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट लागनीकर्ताका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश इन्स्योरेन्सको फागुन २९ गते सम्पन्न भएको ३३ औं वार्षिक साधारण सभाले सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफले अघिल्लो आवको मुनाफाबाट लागानीकर्ताका लागि १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । इन्स्योरेन्सको चैत ११ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले सो लाभांश पारित गरिसकेको छ ।

यस्तै, सानीमा लाइफले अघिल्लो आवको नाफाबाट लगानीकर्ताका लागि ४.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले ४.२ प्रतिशत बोनस सेयर र ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्नका लागि इन्स्योरेन्सले साधारण सभा बोलाएको छैन ।

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये गुराँस लाइफले मात्रै लाभांश घोषणा गर्न बाँकी छ । यूनियन लाइफ र प्रभु लाइफले भने लगानीकर्ताको हात खाली बनाएका छन् ।

प्रभु लाइफले भने लाभांश बिना नै चैत ६ गते चौंथो वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । भने यूनियन लाइफले पनि वैशाख २३ गते चौथो साधारण सभा बोलाएको छ ।


क्लिकमान्डु