नर्भिक अस्पतालमा अत्याधुनिक भवन निर्माण सुरु



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्वकांक्षी प्रोजेक्टको थालनी गरेको छ ।

अस्पतालले महत्वकांक्षी प्रोजेक्ट अन्तर्गत अत्याधुनिक भवन निर्माणको काम शुरु गरेको छ । हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए ।

आज अस्पतालको २९ औं वार्षिकोत्सव पनि हो । वार्षिकोत्सवको अवसरमा भवन निर्माण सुरुवात गरिएको मिश्रले बताए ।
अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ । एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

१ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुनेछ ।


क्लिकमान्डु